Section 8
विवरण दिनु पर्ने
(१) यो ऐन प्रारम्भ भएपछि बालकलाई काममा लगाउने प्रतिष्ठानले काममा लगाएको मितिले पन्ध्र दिनभित्र त्यस्तो बालकको फोटो सहित देहायका कुराहरु खुलाइएको विवरण श्रम कार्यालयमा पेश गर्नु पर्नेछः–
(क) प्रतिष्ठानको नाम र ठेगाना,
(ख) व्यवस्थापकको नाम र ठेगाना,
(ग) प्रतिष्ठान सञ्चालन भएको मिति,
(घ) प्रतिष्ठानद्वारा सञ्चालित व्यवसाय वा कार्य,
(ङ) बालकको नाम, ठेगाना र उमेर,
(च) बालकको बाबु, आमा वा संरक्षकको नाम र ठेगाना,
(छ) बालकलाई काममा लगाइएको मिति,
(ज) बालकले गर्नु पर्ने कामको प्रकृति,
(झ) बालकले पाउने पारिश्रमिकको रकम तथा अन्य सुविधाहरु,
(ञ) बालकको योग्यताको प्रमाणपत्र, र
(ट) तोकिए बमोजिमका अन्य विवरणहरु ।
(२) यो ऐन प्रारम्भ हुँदाका बखत चौध वर्ष उमेर पूरा गरेको बालकलाई काममा लगाई राखेको प्रतिष्ठानले यो ऐन प्रारम्भ भएको मितिले तीस दिनभित्र उपदफा(१)
बमोजिमको विवरण श्रम कार्यालयमा पेश गर्नु पर्नेछ ।